धनकुटा । धनकुटा नगरपालिका-जिरोप्वाईन्टबाट नियन्त्रित लागू औषध ट्रामाडोल २ सय ५ क्याप्सुल, स्पास्मो १ सय २५ क्याप्सुल र स्पास्पेन २० ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रविन राई समेत २ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले रविनको घर तलासी गर्ने क्रममा उक्त लागू औषध फेला पारी दुवै जनालाई मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।