काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।
मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् ।
यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।