१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक लाख रुपैयाँसम्मको भ्रमण खर्च करयोग्य आयबाट कट्टी गर्न सुझाव

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन उद्योगलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्।

परिसंघद्वारा आयोजित पूर्व-बजेट अन्तरक्रियामा उनले पर्यटनलाई विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको महत्त्वपूर्ण स्रोत भएकोले विशेष प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

उनले निजी क्षेत्रबाट पर्यटन उद्योगमा खर्बौँ लगानी भएको तथा सरकारले पनि विमानस्थल, सडकजस्ता पूर्वाधारमा अर्बौँ खर्च गरे पनि प्रभावकारी नीति नबन्दा अपेक्षित लाभ लिन नसकिएको गुनासो गरे।

पर्यटन प्रवर्द्धनका लागि हवाई टिकटमा लगाइएको भ्याट हटाउनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन सुधार योजना ल्याउनुपर्ने, र युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन कूटनीतिक पहल गर्न उनले सुझाए।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रत्येक परिवारले वार्षिक एक लाख रुपैयाँसम्म भ्रमण खर्च करयोग्य आयबाट कट्टी गर्न पाउने व्यवस्था गर्न अध्यक्ष अग्रवालले आग्रह गरेका छन्।  

पर्यटन काज बिदा पुनः लागू गर्नुपर्ने, र बुद्धिष्ट पर्यटक लक्षित अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि नीति निर्माणमा निजी क्षेत्रका सुझावलाई समेट्न उनले सरकारलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस