२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा होलीबाट संकलित रकम विद्यालयको विकासमा खर्च गरिने

अ+ अ-

बैतडी । जिल्लाको पाटन नगरपालिका-९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु. तीन लाख १८ हजार आठ सय ५० संकलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ । 

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत संकलन गर्दै आएको छ ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम संकलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु. तीन लाख संकलन गरेको छ । संकलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडले बताए ।

प्रतिक्रिया दिनुहोस