काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशका विदुर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । यो सत्तारुढ नेकपा एमालेको जनसंगठन हो ।
काठमाडौँमा फागुन २१ र २२ गते भएको महाधिवेशनले सुवेदीको नेतृत्वमा ९ सदस्य पदाधिकारीसहितको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो । एमालेले जनसंगठनमा पदाधिकारीको संख्या ९ बनाउने निर्णय गरेको पहिलो पटक यहाँबाट कार्यान्वयनमा आएको हो । यसअघि यसमा २१ जना पदाधिकारी रहेका थिए
समितिको उपाध्यक्षमा गण्डकी प्रदेशकी मञ्जु गुरुङ, मधेश प्रदेशका मो. नइम अन्सारी महासचिवमा गण्डकीका तिमोत्तम पौडेल, उपमहासचिवमा बागमती प्रदेशका नरेन्द्र डंगोल र संगठन सचिव मधुसुदन सापकोटा बागमती, प्रचार सचिवमा लुम्बिनी प्रदेशका प्रदिपकुमार लामिछाने, विदेश सचिवमा बागमतीका रोशना खड्का र सचिव अर्थमा कोशीका पिवन्त न्यौपाने न्यौपाने निर्वाचित भएका छन् ।
त्यसैगरी इन्चार्जहरूमा रुद्र सिटौला कोशी, कृष्ण लामा मधेश, रत्न कँडेल बागमती, अनन्त श्रेष्ठ गण्डकी, प्रभातकुमार ठकुरी लुम्बिनी, दिपेन्द्र प्रकाश डिसी कर्णाली र कोमल निरञ्जन भाट सुदूरपश्चिम रहेका छन् ।
त्यसैगरी सबै सदस्यहरू सहित ६५ सदस्य कार्यसमिति र रामचन्द्र पौडेलको अध्यक्षतामा चार सदस्य लेखा समिति चयन गरिएको छ ।