काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवाद केन्द्रले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको माग गरेको छ ।
ऐन बनिसक्दा समेत आयोगका पदाधिकारी नियुक्ति हुन नसकेको भनेर माओवादले सरकारको ध्यानाकर्षण गरेको हो । बुधबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन बनाइने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग ऐन बनिसकेपछि पनि अझै बन्न सकेको छैन,’ उनले भने, ‘द्वन्द्वपीडितहरूको घाउमा मल्हम लगाउन र बेपत्ता परिवारको आशु पुछ्न यो आयोग अति आवश्यक छ । त्यसैले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
०७९ साउनदेखि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।