२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनको दाबी : माओवादी जातीय अतिवादको पक्षमा छैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताएका छन् ।

पार्टी सम्बद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथौँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई मंगलबार टीकापुरमा सम्बोधन गर्दै पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने आफूहरूको नीतिका आधारमा सामन्ती एकाधिकारवादी र पुँजीपतिहरूले गलत आरोप लगाउने गरेको बताए ।

‘प्रचण्ड’को नेतृत्वमा उत्पीडित वर्ग, समुदाय तथा कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका जनतालाई एकताबद्ध गरेर मुलुकमा सामन्ती व्यवस्थाको पर्यायका रूपमा रहेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पुनको भनाइ थियो ।

‘मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारु समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर उनीहरूकै बलमा देशमा गणतन्त्र स्थापना भएको हो’ पुनले भने ।

तत्कालीन सामन्ती राजतन्त्रात्मक सत्ताले ‘फुटाउ र शासन गर’ को नीतिअन्तर्गत उत्पीडित समुदाय र वर्गलाई अलग अलग गरेर शासन टिकाएको तर, माओवादी जनयुद्धले उनीहरूलाई एकताबद्ध गरेपछि राजतन्त्र समाप्त भएको पुनले दाबी गरे ।

उनले अझै पनि आन्दोलनका उपलब्धीको रक्षा र थप उपलब्धीका लागि उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी रहेको औँल्याए । जनयुद्ध र त्यसको जगमा भएको ०६२र०६३ को जनआन्दोलनबाट उत्पीडितहरूले प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्ने र सबै थोक प्राप्त भइसक्यो भन्ने दुई थरी अतिवादी प्रवृत्ति सही नभएको उनको भनाइ थियो ।

‘उत्पीडित जाति, वर्ग र समुदायलाई केही पनि प्राप्त भएको छैन, हिजोकै अवस्था छ भनेर भड्काउन खोज्ने अति जातिवादी सोच र पुरै प्राप्त भयो भनेर समर्पण गराउन खोज्ने यथास्थितिवादी प्रवृत्ति दुवै सतहमा देखिने गरेको छ’, उनले भने, ‘तर, हाम्रो अतिवादी र जातिवादी दुवै सोचभन्दा फरक धारणा छ । हामी प्राप्त भएको उपलब्धीको स्वामित्व लिने र समाजवादी गणतन्त्रमार्फत थप अधिकार सम्पन्न बनाउने नीतिका साथ अघि बढेका छौँ ।’

उनले जातीय अतिवाद र सत्ताधारीहरूको संकीर्णताविरुद्ध उत्पीडित समुदायलाई एकताबद्ध गर्नुपर्छ भन्ने मान्यता माओवादी केन्द्रको भएको पुनको प्रष्टीकरण थियो । उनले आफूहरू सधैँ मधेसी र पहाडी लडाउने र एक जातविरुद्ध अर्को जातलाई उकास्ने शासक वर्गको नीतिविरुद्ध उभिँदै आएको बताए ।

‘हामी जातिवादी र अतिवादी होइनौँ । हामी नेपालका सबै जातजाति, समुदायबीच आपसी एकता, सद्भाव र समान हक अधिकार हुनुपर्ने भन्ने हाम्रो नीति हो । पहाडी र मधेसी लडाउनेहरू जातिवादी र अतिवादी हुन् । माओवादी पहाडी, मधेसी, थारु लगायत सबै उत्पीडित जाति जनजाति र वर्गको पार्टी हो’, पुनले भने ।

प्रतिक्रिया दिनुहोस