काठमाडौँ । काठमाडौँको थापाथली चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुटेको छ। थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा आज मंगलबार पाइप फुटेको हो। पाइप फुटेर पानी जम्मा भएपछि अहिले सडक अवरुद्ध भएको छ।
पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ। आसपासका पसलभित्र पानी पसेको छ।