काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
ललितपुरमा आइतबार सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक, सांगठनिक तथा समसामयिक प्रतिवेदन पेश गरेका छन्।
तीन दिनसम्म चल्ने जसापा नेपालको केन्द्रीय कमिटी बैठकले अध्यक्ष यादवको प्रतिवेदन छलफलसहित पारित गर्नेछ। यादवले आफ्नो प्रतिवेदनमा महाधिवेशनपछि अब पार्टीको आगामी कार्यदिशा स्पष्ट हुनुपर्ने भन्दै त्यसका लागि १५ वटा विषय अघि सारेका छन्।
‘हामीले जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनद्वारा निर्माण गरिएको विधान अन्तर्गत गरिएको व्यवस्था अनुसार राष्ट्रिय एकताको महाधिवेशन सम्पन्न गरेका छौँ,’ यादवले भनेका छन्,‘अब हाम्रो पार्टीले अँगालेको मुख्य वैचारिक सैद्धान्तिक दृष्टिकोण, नीति तथा राजनैतिक कार्यदिशा अनुसार अगाडि बढेका छौँ।’
यादवको प्रतिवेदनअनुसार बैठकमा वर्तमान राजनीतिक परिस्थिति, केन्द्रीय समितिको पहिलो बैठकबाट सञ्चालित जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानको समीक्षा, वर्तमान सरकारको गठन तथा कामको मूल्याङ्कन, संसदमा प्रस्तुत अध्यादेशबारे, दलीय सहकार्य अथवा मोर्चा/गठबन्धन सम्बन्धमा, संविधान संशोधनका विषयमा छलफल हुनेछ।
यस्तै मुलुकमा पहिचान तथा अधिकारको आन्दोलनको वर्तमान स्थिति तथा मुलुकभित्र र बाहिर घटित विभिन्न घटनाहरूको विश्लेषण, अन्तर्राष्ट्रिय सम्बन्धबारे, परिसंघ गठन सम्बन्धमा, आगामी संगठनात्मक कार्य योजना, आगामी कार्यदिशा तथा बाधा अड्काउ फुकाउ सम्बन्धी मुख्य कार्यसूचीमा बैठक केन्द्रित रहने जसपा नेपालले जनाएको छ।
पूर्णपाठ :