११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

अ+ अ-

काठमाडौँ । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ।

२०८१ वैशाख ३ गतेदेखि सुरु भएको उक्त तालिम सफलतापूर्वक पूरा गरेका ६७ जना अधिकृतहरू आज दीक्षित भएका छन्।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्रधान सेनापति महारथी अशोक राज सिग्देलले तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। 

कार्यक्रममा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सेनानी साजन सिलवाललाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार तथा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल अविजीत राँयलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गरिएको छ। साथै, प्रधान सेनापतिले कलेजको वार्षिक प्रकाशन ‘शिवपुरी जर्नल’ को २६ औँ संस्करण विमोचन गरे।

‘मास्टरस् इन स्ट्राटेजिक स्टडीज प्रोग्राम’ तर्फ प्रथम भएका सेनानी साजन सिलवाललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले पुरस्कार प्रदान गरे। त्यस्तै, कमाण्डान्ट पेपर तर्फ प्रथम भएका सेनानी विवेक राई र सेनानी सिच्यान मोक्तानलाई निमित्त शिक्षाधिकृत सहायक रथी मनोज थापाले पुरस्कार वितरण गरे।

उक्त तालिममा नेपाली सेनाका ५४ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशी सहित जम्मा ६७ जना अधिकृतहरू उक्त तालिम सम्पन्न गरी आज दीक्षित भएका हुन् ।

वि.सं. २०४९ मा स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजले पहिलो पटक वि.सं. २०५० मा १२ जना अधिकृतहरूको सहभागितामा कमाण्ड तथा स्टाफ तालिम सुरु गरेको थियो। सन् २०१० देखि विदेशी अधिकृतहरूलाई समेत सहभागी गराउँदै आएको यस तालिमबाट हालसम्म १,४१५ जना अधिकृतहरू प्रशिक्षित भइसकेका छन्।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी, रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरू, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू तथा शिक्षार्थी अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस