२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गलेश्वरमा रु ५१ लाख भेटी संकलन

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु. ५१ लाख बढी भेटी संकलन भएको छ ।

गत साउनदेखि यही फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु. ५१ लाख २२ हजार एक सय ५३ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०/८१ मा रु. ५८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । यस वर्ष नियमिततर्फ रु. २५ लाख १५ हजार पाँच सय ४७ तथा मेला पर्व र विशेष अवसरमा गरी रु. २६ लाख छ हजार छ सय छ भेटी संकलन भएको रेग्मीले जानकारी दिए ।

बुधवारको महाशिवरात्रि पर्वमा रु. चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा रु. छ लाख ६१ हजार दुई सय ९४ र साउने सोमबारको मेलामा रु. १५ लाख ११ हजार पाँच सय ३८ भेटी संकलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिइन्।

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा रु. २१ लाख ४२ हजार पाँच सय २९ सहित कोषले साउनदेखि हालसम्म रु. ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताए ।

नियमित पूजाबाट तथा महायज्ञबाट संकलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।

उनका अनुसार धर्मशाला, सभा हल, वाटिका, यज्ञ शाला, पाठशाला, पुजारी निवास, भोजनालय, काली गण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दु धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस