१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती सरकार प्रभावकारी बनाउन दुई दलीय संयन्त्रको निर्देशन

अ+ अ-

काठमाडौँ। बागमती प्रदेश सरकार सहजीकरणको लागि नेपाली काँग्रेस र नेकपा एमालेले बनाएको दुई दलीय संयन्त्रले सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको छ ।

संयन्त्रका संयोजक नेकपा एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईको अध्यक्षतामा मंगलबार ललितपुरमा बसेको बैठकले सहमतिमै राजनीतिक नियुक्तिलगायतका प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ ।

बैठकले प्रदेश सरकार अन्तर्गतका विभिन्न निकायहरूमा हुनुपर्ने राजनीतिक नियुक्ति समयमा नहुँदा प्रदेश सरकारका काम प्रभावकारी हुन नसकेको समीक्षा पनि गरेको नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

प्रदेश सरकारले तय गरेका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न र न्यून पुँजीगत खर्च बढाउन छिटो, छरितो एवं प्रभावकारी तबरले योजना कार्यान्वयन गर्न बैठकले निर्देशन दिएको छ ।

गत ११ देखि १३ असोजसम्म आएको वर्षा र बाढीबाट क्षति भएका संरचना पुनर्निर्माण र विस्थापितहरूको पुनर्स्थापना गर्ने कार्यलाई तीव्रता दिन तथा विपद् जोखिम व्यवस्थापनका लागि पूर्व तयारी कार्य अघि बढाउन बैठकले निर्देशन दिएको सभापति बानियाँले जानकारी दिए ।

बागमती प्रदेश भित्र रहेका समस्याग्रस्त सहकारीहरूको यथार्थ अवस्था पहिचान गर्न तथा सहकारीमा भएको कारोबारका कारण कोही पनि सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्ने कार्यलाई अझ सुदृढ र व्यवस्थित रूपमा अगाडि बढाउन पनि संयन्त्रले प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

प्रदेश सरकारले अगाडि बढाएका योजना तथा कार्यक्रमहरू अन्तर्गत भौतिक निर्माणका काममा कानुनी जटिलता फुकाउने काम अघि बढाउन संघीय संयन्त्रलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको सभापति बानियाँको भनाइ छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा र बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन सहभागी थिए । यस्तै, नेकपा एमालेको तर्फबाट नेकपा एमाले बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल तथा आमन्त्रित सदस्यको रूपमा बागमती प्रदेशका मन्त्री प्रकाश श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस