काठमाडौँ । आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तानले भारतलाई २४२ रनको सामान्य लक्ष्य दिएको छ।
युएईको दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान अन्तिम दुई बल खेल्न बाँकी छदा २४१ रनमा अलआउट भयो।
पाकिस्तानका लागि साउद शकीलले ६२ रन बनाए। कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा खुसदिल शाहले ३८ रनको योगदान दिए।
पाकिस्तानका अरू ब्याटर खासै चल्न सकेनन्।
बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट हात पार्दा हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले १-१ विकेट हात पारे।
प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल दुबईमा भएको हो।