२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पटेल एफबीआई प्रमुख निर्वाचित 

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ।

पटेलको मनोनयनपछि डेमोक्र्याटिक्स पार्टीको चर्को विरोध भए पनि अन्ततः यो विरोध निरर्थक बनेको छ । उनलाई सिनेटले ५१–४९ मतले अनुमोदन गरेको छ ।

दुई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मुर्कोवस्कीबाहेक अन्य दुई रिपब्लिकन सिनेटरबाहेक सिनेटमा मतदान हुँदा दलगत आधारमा मत विभाजन भएको थियो ।

पटेल ३८ हजार सदस्यीय संघीय अनुसन्धान विभागको प्रमुखका रूपमा निर्वाचित भएका हुन् । पटेलले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् (क्यापिटोल)मा आक्रमण गर्ने ट्रम्प समर्थक दंगाकारीहरूको बचाउ र रिपब्लिकन राष्ट्रपतिको विरोध गर्ने कथित ‘डिप स्टेट’ का सदस्यहरूलाई जरैदेखि उखेलेर फ्याँक्ने आफ्नो प्रतिज्ञाको लागि डेमोक्र्याट्सहरूबाट आलोचना खेप्नुपरेको थियो ।

डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले सिनेटमा पटेलको मनोनयनको विरोध गर्दै निर्वाचन पूर्व संसदमा भएको बहसमा भने, “पटेल खतरनाक र राजनीतिक रूपमा ‘अतिवादी’ सोच राख्नुहुन्छ र उहाँले आफ्ना राजनीतिक शत्रुहरूविरुद्ध प्रतिकार गर्न हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण कानून प्रवर्तन एजेन्सी प्रयोग गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गर्नुभएको छ ।” 

सिनेटले ट्रम्पको क्याबिनेटका सबै निर्णयलाई अनुमोदन गरेको छ ।  यसले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडलाई स्पष्ट पारेको छ। पटेलले एफबिआईको निर्देशक बन्न पाएकोमा आफू गौरवान्वित भएको बताएका छन् । 

“अमेरिकी जनता पारदर्शी, जबाफदेही र न्यायप्रति प्रतिबद्ध एफबीआईको हकदार छन्,” उनले भने “हाम्रो न्याय प्रणालीको राजनीतिकरणले जनताको विश्वासलाई कमजोर बनाएको थियो तर त्यो आज समाप्त भएको छ,” राम्रो प्रहरीलाई थप जिम्मेवारी दिने र एफबीआईप्रतिका विश्वास पुनः निर्माण गर्ने निर्देशकको रूपमा मेरो अभियान हुने बताए  

उनले भने, “अमेरिकीलाई हानि पुर्‍याउन खोज्नेहरूलाई यो चेतावनी मान्नुहोस् । हामी तिमीहरूलाई पृथ्वीको हरेक कुनामा गएर प्रतिकार गर्नेछौँ ।’ 

प्रतिक्रिया दिनुहोस