११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक घण्टा बित्दा पनि सुरु भएन १५ मिनेट स्थगित भएको संसद् बैठक

अ+ अ-

काठमाडौँ । १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक एक घण्टा बित्दा पनि सुरु हुन सकेको छैन ।

आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिएका थिए । विपक्षी दलहरूले त्यसमा चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरेका थिए । त्यसपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुखले अध्ययन गरेर आवश्यक निर्णय लिन सचिवालयलाई आदेश दिएकी थिइन् ।

त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आएका थिए । उनी आउँदा पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहेका थिए । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गरे । तर, सांसदहरू बसेनन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस