काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ ।
माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार ती मोटरसाइकल करिब १२ लाख रुपैयाँ मूल्य बराबरका छन् ।
नियन्त्रणमा लिइएका ती कागजातबिनाका मोटरसाइकल आवश्यक कारबाहीका लागि बुझाइएको छ ।