२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् ।

प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको ‘प्रचण्ड’ले बताए ।

संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौँमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा ‘प्रचण्ड’ले भने, ‘

जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् ।

‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदै छ भन्ने लाग्न थालेको छ,’ उनले भने ।

पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हाबी भइरहेको भन्दै ‘प्रचण्ड’ले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।

उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरीह बनाएर वर्तमान सरकार गठन भएको जिकिर गरे ।

‘संविधान मिचेर, राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर, निरीह बनाएर बनेको सरकार हो यो,’ प्रधानन्यायाधीशसमेत उपस्थित कार्यक्रममा उनैलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले भने, ‘सम्माननीय प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । संविधानको धारा ७६ को २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । तर, संविधान मिचेर यो सरकार बन्यो ।’

उनले लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर बन्ने सरकार लोकतान्त्रिक हुन नसक्ने भन्दै सरकारले संविधानलाई कर्नरमा पार्न खोजेको बताए । त्यसअघि नै संविधानलाई ट्र्याकमा ल्याउने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस