२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

अ+ अ-

भोजपुर । यस वर्ष जिल्लाबाट रु. ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । 

यहाँ नौ सय ५० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । हालसम्म जिल्लाबाट रु. ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्यांक रहेको प्रमुख यादवले बताए ।

“जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भने, “यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ । आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ ।” किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ । 

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रूपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवको भनाइ छ । सुन्तला खेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उनको भनाइ छ ।

“पछिल्लो समय भोजपुरका किसान सुन्तला खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने, “सुन्तला खेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्राविधिक सहयोग पनि गर्दै आएका छौँ । बर्सेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ ।”

जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । बढी मात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ । 

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा जाने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । भोजपुरमा गत वर्ष रु. २९ करोड बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ । गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस