२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् मिटर जडान हुने भएपछि सुस्तावासी खुसी

अ+ अ-

नवलपरासी । नागरिकताको अभावमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तावासीमा विद्युत् मिटर जडानको समस्या समाधान हुने भएपछि सुस्तावासी खुसी भएका छन् । सुस्तावासीलाई एक वर्षसम्म निःशुल्क रूपमा विद्युत् उपलब्ध गराउने विषयमा थप पहल थालिएको हो ।

यस अगावै सुस्तामा बसोबास गरेको भए पनि नागरिकता नहुँदा अधिकांश परिवारको विद्युतीय मिटर जडानको समस्या रहँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिकाको सिफारिसका आधारमा सुस्तावासीलाई विद्युत् मिटर जडानको प्रक्रिया अघि बढाएपछि सुस्तावासी खुसी भएका हुन् ।

यसका लागि लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री एवं यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवारसहितको टोली काठमाडौँ पुगेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी सो समस्या समाधान गर्न प्रक्रिया अघि बढाएको हो ।

“हामीले निकै पहल गर्‍यौ अब पक्कै सुस्तावासीले बिजुली बाल्न पाउने छन् भन्ने विश्वास छ”, मन्त्री कलवारले भने । विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले मिटर जडानका लागि स्थानीय तहको सिफारिसका आधारमा मिटर उपलब्ध गराउन निर्देशन भएको जानकारी दिए ।
नागरिकता नभएकै कारण लामो समयपछि बिजुली पुगेको सुस्तामा त्यहाँका कयौँ घरधुरीले बत्ती बाल्न पाएका छैनन् । सुस्ताका झण्डै एक सय ४० घर परिवारसँग नागरिकता नभएका कारण मिटर जडान हुन नसकेको अवस्था छ ।

सुस्तावासीको हकमा एक वर्ष विद्युत् निःशुल्क गर्ने भनेर निर्णय भइसकेकाले अब छिट्टै नै सम्बन्धित निकायमा कार्यान्वयन हुनेबारे प्रतिबद्धता भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए । नागरिकताबिना विद्युत् मिटर जडानको सिफारिस नहुने हुँदा मिटर जडान हुनबाट उनीहरू बञ्चित हुँदै आएका छन् । कतिपयले जग्गाको लालपुर्जासमेत नहुँदा व्यापार व्यवसाय गर्नसमेत पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस