२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को घोषणा : ‘अबको राजनीतिक मुद्दा भ्रष्टाचार अन्त्य’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारकै कारण नेपालमा आर्थिक संकट देखिएको बताएका छन् । 

माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभामा उनले नेपालको आर्थिक, सामाजिक र भौतिक विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारको अन्त्य अबको राजनीतिक मुद्दा भएको बताएका हुन् । 

देशलाई आर्थिक संकटबाट मुक्त बनाउन भ्रष्टाचारविरुद्धको लडाइमा जनताको साथ आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हिजो जनअधिकार र व्यवस्था परिवर्तनको नेतृत्व गर्‍यौँ , अब देश विकासको बाधक भ्रष्टाचार अन्त्यका लागि अगाडि बढ्छौँ । यसमा सबैको साथ आवश्यक छ”, उनले भने । 

पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा काम गरेर जनतामा आशा र विश्वास जगाउने प्रयत्न गरेको धारणा राख्नुभयो । “विद्युत् वितरण प्रणालीको चुहावट नियन्त्रण गरेर लोडसेडिङको अन्त्य, संविधानको कार्यान्वयन, समावेशी, समानुपातिक व्यवस्थाको अगुवाइलगायत काम भएका छन् । तीस हजार गरिब किसानको कृषि ऋण मिनाहा गर्ने काम भएको छ”, उनको भनाइ थियो । 

जलविद्युत्को अन्तरराष्ट्रिय व्यापारका लागि सम्झौता तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय प्रसारण लाइन आयोजना अघि बढाएको बताउँदै अध्यक्ष दाहालले म्याग्दीको छिमेकी जिल्ला मुस्ताङको कोरलालगायत नेपाल चीनका परम्परागत व्यापारिक नाका पनि सञ्चालनमा ल्याउने काम आफ्नै नेतृत्वमा भएको दाबी गरे । 

यसैगरी उनले विगतका कमजोरीलाई सच्चाएर जनताको पक्षमा दृढतापूर्वक उभिने अभियान सुरु गरिएको र विभाजित माओवादीलाई एक ठाउँमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताए । 

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, नेताहरू हरिबहादुर भण्डारी, शेरबहादुर केसी र विनोद केसीले म्याग्दीको विकास निर्माणको विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस