१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जसपाद्वारा टास्क फोर्स गठन

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा पार्टी संगठनलाई बलियो बनाउन जनता समाजवादी पार्टी विशेष टास्क फोर्स गठन गरेको छ।

तीन दिनसम्म चलेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी उपाध्यक्ष राजकिशोर यादव र तारा विश्वकर्माको संयोजकत्वमा छुट्टा-छुट्टै टास्क फोर्स गठन गरिएको पार्टीका महासचिव रामकुमार शर्माले बताए। 

देशभरिबाट उपत्यकामा बसोबास गर्ने मधेसी समुदाय तथा दलित समुदायहरूको हकहित तथा समस्याबारे पहल लिन समिति गठन गरिएको हो। टास्क  फोर्सबाट उपत्यकामा पार्टी संगठन बलियो बनाउन सहयोग पुग्ने विश्वास लिइएको महासचिव शर्माले बताए।

बैठकले सरकारले संसदमा पेस गरेको अध्यादेश अध्ययन गरेर पार्टीलाई सुझाव दिन पार्टी उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा अध्ययन समिति पनि बनाएको छ। समितिमा मृगेन्द्र प्रसाद सिंह, मनिष सुमन र दीपक कार्की छन्। 

बैठकले पार्टी महासचिव रामकुमार शर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज, बलवीर नेपालीलाई कर्णाली प्रदेशको इन्चार्ज र सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रेमचन्द्र झालाई तोकिएको छ। जसपाले चलाएको ६ महिने जनसंगठन सुदृढीकरण अभियानको पनि समीक्षा गरेको छ। महासचिव शर्माले पार्टी निर्माणका लागि उक्त अभियान सञ्जीवनी बुटी बनेको बताए। उनले तराई मधेसको मुख्य शक्ति जसपा नेपाल रहेको बताए।

बैठकले चैतमा स्थानीय र वैशाखमा प्रदेशको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। वैशाखभित्र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्नुपर्ने तय गरिएको महासचिव शर्माले बताए।

प्रतिक्रिया दिनुहोस