काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिकाका घर भएका हाल भक्तपुर सूर्य विनायक नगरपालिका-९ बस्ने ४५ वर्षीय सुदर्शन पौडेल रहेका छन् ।
पौडेललाई जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । सोही फैसलापछि फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।