२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव

अ+ अ-

इलाम । इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रंगमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।

चुलाचुली गाउँपालिका-३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रंगमञ्च अन्तर संवाद हुने आयोजक चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङथुपोले जानकारी दिए । चुलाचुली गाउँपालिकाको सामुदायिक र संस्थागत गरी चार विद्यालय, जिल्ला बाहिरका दुई वटा विद्यालय र एक नाट्य संस्थाका साथै आयोजक रंगमञ्चका एक नाटक मञ्चन हुनेछन् ।

नाट्य महोत्सवको पहिलो दिन आज आयोजक चालचुली रंगमञ्चले  ‘भुमरी’, मोरङस्थित सुविजिमुर मेरमोरियल माविले ‘उ जुनेली’, हेटौँडास्थित कला क्रान्ति नाट्य समूहले ‘डार्क स्याडो’ र चुलाचुली गाउँपालिकास्थित पञ्च बुद्ध एकाडेमीले ‘मणी लुगा’ मञ्चन हुनेछ । त्यस्तै चेतना नाट्य समूह इलामको खुला प्रस्तुति र शिक्षा, नेपाली रंगमञ्च तथा नाटकको विषयमा अन्तर संवाद हुने जनाइएको छ ।

मंगलबार चुलाचुली गाउँपालिकास्थित अमृत बोर्डिङ स्कूलले ‘द ल्याण्ड अफ मंकी’, बाल ज्योति माविले ‘द रुट’, जनता माविले ‘वातावरण’ र मोरङस्थित रियालन्स माविले ‘मौनताको कथा’ मञ्चन हुने आयोजकले जनाएको छ । सोही दिन कुलुङ भाषा संस्कृति उत्थान संघ चुलाचुलीको खुला प्रस्तुति र शिक्षा, नेपाली रंगमञ्च तथा नाटकको विषयमा अन्तर संवादसँगै महोत्सवको समापन गरिने अध्यक्ष आङ्थुपोले बताए ।

“विश्वव्यापीकरण ग्रामीण सौन्दर्यको खोजी नारासहित तेस्रो संस्करणको नाट्य महोत्सव आयोजना गर्दैछौँ”, उनले भने, “नाट्य महोत्सवमा फाइन आर्ट कार्यशाला, फोटो प्रदर्शनी, नाटक कार्यशाला, विभिन्न जातजातिको लोकबाजा झाँकी प्रदर्शनी र रंगमञ्च अन्तर संवाद गरिनेछ ।” भूमि, कला र पार्यवरणको समिश्रणमा चुलाचुली पाठशाला नाट्य उत्सव आयोजना गरिने उनले बताए । “शैक्षिक संस्थालाई रंगमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ । अभ्याससँगै नाटक मात्रैभन्दा पनि पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो”, अध्यक्ष आङथुपोले भने, “हामीले भूमि, कला र पर्यावरण कलाको समिश्रणमा खुला ठाउँमा नाट्य उत्सव गर्दैछौँ ।”

रंगमञ्चका सचिव सन्तोष गिरीले समुदायसँग सहकार्य गर्दै समुदायको सीप कलामा जोड्दै आएको बताए । “समुदायसँग रंगमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुंगा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाएका छौँ”, उनले भने, “हामीले प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेका छौँ ।”

नाट्य महोत्सवलाई प्रोत्साहन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक  सहयोग गरेको छ । स्थानीय स्तरमा हुने कला र संस्कृतिको संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले भने, “हाम्रो पालिकाभित्रका विभिन्न प्रतिभाको गाउँपालिकाले प्रोत्साहन गर्दै आएको छ ।” चुलाचुली रंगमञ्चले यसअघि २०७६ सालमा पहिलो र २०७९ सालमा दोस्रो नाट्य महोत्सव आयोजना गरेको थियो । 

प्रतिक्रिया दिनुहोस