२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम

अ+ अ-

मोरङ । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे-८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रिक सिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् ।

सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रिक सिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रिोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरका विद्युत्का सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् ।

त्यस्तै पशुपालन विषयका तालिम लिइरहेका सुप्रिम विकको परिवारमा कृषि क्षेत्रमा ठुलै सहयोग पुर्‍याउने छ । उनी पशुपालन र व्यवस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा अध्ययन गर्न थालेका छन् । वडाले ल्याएको कार्यक्रमले सुरुमा निकै प्रशंसा पाएको थियो । वडाले सुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले पनि सहयोग पुर्‍याएको छ । वडाभित्रका तीन विद्यालयले सुरु गरेको शिक्षासँगै सीप कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

यही आर्थिक वर्षबाट सुरु भएको उक्त कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेका छन् । विद्यार्थीलाई प्रारम्भिक र सैद्धान्तिक ज्ञान सँगसँगै प्राविधिक र व्यावहारिक ज्ञानले आत्मनिर्भर बनाउने उद्देश्यले वडाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाको बुद्ध मावि, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । आधारभूत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छ भने बुद्ध माविमा पशुपालन, इलेक्ट्रिक सिटी प्लम्बिङ र फेसन डिजाइनका कक्षा सुरु भएको छ । यसका कारण विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।

वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सीप कार्यक्रम सुरु गरेको छ । हामीले तालिम सञ्चालन गर्नुको उद्देश्य सैद्धान्तिक शिक्षासँगै व्यावहारिक शिक्षा पनि लागू गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्को व्यक्ति बोलाउने बाध्यता हटाउन यो कार्यक्रम सुरु गरिएको हो । विद्यालय जीवनबाट बाहिरिँदा दक्ष प्राविधिक भएर निस्कन सहयोग होस् भनेर कार्यक्रम थालिएको हो ।

वडाले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक कुरामा पनि पोख्त बनाउने बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले बताए । यसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय र पैसा खर्चनुभन्दा विद्यालयमा सिकेका सीपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रधानाध्यापक सिग्देल बताउँछन् । यो कार्यक्रमलाई नगरभरिका विद्यालयमा लागू गर्न सके स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस