२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव सेवा आश्रमको स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

अ+ अ-

काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा मानव सेवा आश्रमको स्रोत जुटाउन श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ । आश्रमको स्रोत व्यवस्थापनका लागि महायज्ञ सुरु गरिएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, पहुनीमा निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

सात दिन सम्म चल्ने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन् । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् ।

महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट संकलित रकमबाट अक्षयकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।

०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जनाभन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ । उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको मानवोचित व्यवस्थापन गरिने विश्वास गरिएको छ ।

महायज्ञको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव सेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको बलियो उदाहरण मानव सेवा आश्रम रहेको बताउँदै प्रदेश सरकारले मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

‘यो धर्तीमा जति सम्म रहन्छौँ, सेवामा समर्पित हुनुपर्छ’, उनले भने ‘हाम्रो समाज, हाम्रो परम्पराले पनि आम्दानीको दश प्रतिशत रकम सेवाको निम्ति दान गर्नु भनेको छ । त्यहीँ भएर यस्ता पवित्र काममा मन फुकाएर, मुठ्ठी फुकाएर दान गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस