१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ नथपेर पुरानै योजना सक्नुपर्नेमा मन्त्री दाहालको जोड

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरू थप्नुभन्दा पुराना पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । स्रोत साधन र आवश्यकताअनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजना अलपत्र पारिने क्रम अब अन्त्य हुनु पर्ने उनको भनाइ छ ।

नेपालगञ्जमा आयोजित संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतअन्तर्गतका कार्यालय प्रमुखहरू सहभागी कार्यशालाको आइतबार उद्घाटनका क्रममा उनले ‘क्रोनिक’ आयोजना तथा योजनाहरूलाई प्राथमिकता दिएर पूरा गर्न समेत दाहालले निर्देशन दिए ।

‘सरकारले आफूसँग भएको श्रोत साधन तथा आवश्यकताअनुसार नयाँ योजना तथा आयोजनाहरू नियमित रूपमा थप्ने र ल्याउने नियमित प्रक्रिया हो,’ मन्त्री दाहालले भने , ‘तर अब नयाँ योजना र आयोजनाहरू थप्नतर्फ भन्दा थालिएका कामहरू पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’

डिभिजन तथा आयोजना कार्यालयहरूले गर्नुपर्ने काम र अघि बढाउनु पर्ने प्रक्रियालाई गति दिन निर्देशन दिँदै उनले नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिइने समेत बताए । 

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित विज्ञहरूले आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा अभिमुखीकरण गर्नेछ्न् । यसअघि पोखरा, मोरङ र काठमाडौँमा यसै प्रकारको अभिमुखीकरण तथा प्रशिक्षण सम्पन्न भएको मन्त्रालयका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस