काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनी आज आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । जोशीलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको आरोपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । उनी केही समयअघि मात्रै कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।