१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चित्लाङ यात्रा: ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगम

अ+ अ-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले पुस १८ गतेदेखि २८ गतेसम्म तोकेको कक्षा ८ को दोस्रो त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भयो। पास हुने विश्वासका साथ विद्यालयले शैक्षिक भ्रमणको योजना तय गर्दै २९ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ९ मा पर्ने चित्लाङ गाउँमा जाने निर्णय गर्‍यो। सेवा सदन विद्यालय बत्तिसपुतलीको प्राङ्गणबाट तीनजना शिक्षक र २२ जना विद्यार्थी बा ४ ख ६१६ नम्बरको बसमा चढेर यात्रा सुरु भयो। बस चालक दीपक श्रेष्ठले कलंकी हुँदै थानकोटको केबलकार छेउसम्म यात्रा सहज बनाउनुभयो।

थानकोटमा रिसोर्टका कर्मचारी पूर्ण खत्रीले हाम्रो टोलीलाई स्वागत गर्नुभयो। केबलकारको टिकट काट्दासम्म सबै जना मनमोहक दृश्यमा रमाउँदै फोटो खिच्न व्यस्त भए। चन्द्रागिरी भालेश्वर महादेवको प्राङ्गणमा पुगेर हिमालसँग फोटो खिच्नु, मनमोहक वातावरणमा रमाउनु, र ऐतिहासिक महत्त्वको स्थलको दर्शन गर्नु अविस्मरणीय अनुभव बन्यो। त्यस दिन श्रीस्वस्थानी व्रतकथा सुरु हुने पूर्णिमाको दिन भएकाले सतिदेवीको निधार पतन भएको भालेश्वर महादेवको दर्शन गर्न पाउनु अहोभाग्य ठानियो।

पैदल यात्रा र चित्लाङको प्रवेश
चन्द्रागिरीबाट रमणीय दृश्यको अवलोकनपछि पैदल यात्राबाट चित्लाङतर्फ ओरालो लाग्यौँ। देउराली भञ्ज्याङ पुग्दा थकाइ लागे पनि ज‍ंगलको प्राकृतिक सौन्दर्यले स्फूर्ति प्रदान गर्‍यो। बाटो कतै पहिरोले बिग्रिएको त कतै बाढीले प्रभाव पारेको थियो। पदयात्रा गर्ने क्रममा केही साथीहरू चिप्लिएर लडे पनि सबै सकुशल चित्लाङ पुग्यौँ। चित्लाङको प्रवेशद्वारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री?” कविता स्मरण गराउने ढ‍ुंगेधारा भेटियो। यस धाराको ऐतिहासिक महत्त्वले सबैलाई प्रभावित बनायो।

चित्लाङ प्रवेश गरेपछि पुरानो त्रिगजुरेश्वर मन्दिर देखियो। त्यहाँबाट अगाडि बढ्दै हामी देवेन्द्र नेपालको चित्लाङ अर्गानिक भिलेज रिसोर्टमा पुग्यौँ। थकाइले लखतरान भए पनि रिसोर्टको आतिथ्यले सबैलाई उत्साहित बनायो। अभिषेक विश्वकर्माको समूहले स्वागत गरेपछि अर्गानिक परिकारहरूको स्वादमा भुटेको मकै, फुरुन दाना, साधेको आलु, गुन्द्रुक, भटमास र बदाम खाएर भोक मेट्यौँ। साँझको क्याम्प फायर र मनोरञ्जनले यात्रा अझ रोमाञ्चक बनायो।

ऐतिहासिक स्थलहरूको अवलोकन
अर्को दिन चित्लाङ गाउँको अवलोकन सुरु भयो। गोट चीज फार्ममा गएर त्यहाँको उत्पादन प्रक्रिया बुझ्यौँ।

श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालय पुग्दा विद्यालयको पुरानो भवनले राणाकालीन इतिहास झल्कायो। सहायक प्रधानाध्यापक संजीव नेपालले विद्यालय र आसपासको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो।

चित्लाङको बाटो ब्रिटिश शासनकालदेखि नै प्रयोगमा आएको रहेछ। राजा र राणाहरूले बनाएको अस्थायी दरबार अहिले विद्यालयको पुरानो भवनका रूपमा रहेको छ।

चित्लाङमा रहेको ऐतिहासिक सातधाराको अवलोकन गर्दा यसको पौराणिक महत्त्व थाहा पाइयो। सप्त ऋषिहरूको स्नान स्थलका रूपमा प्रसिद्ध यो धाराले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ। वाणासुरको छोरी चित्रलेखा मैयाँसँग जोडिएको कथा पनि सुन्न पाइयो। त्यस क्षेत्रलाई सातधारा भनेर चिनाउने गरिएको छ। थप रूपमा, गौतम बुद्धका अनुयायी अशोकाकी छोरी चारुमतिको पालामा निर्माण गरिएको चैत्य चित्लाङको अर्को प्रमुख सम्पदा हो। चन्द्रागिरी र चित्लाङको नामाकरणसँग सम्बन्धित ऐतिहासिक पृष्ठभूमि पनि जानकारी गराइयो।

चित्लाङबाट नुन ओसारपसार हुने ऐतिहासिक मार्गका रूपमा प्रयोग भएको जानकारी महत्त्वपूर्ण लाग्यो। ब्रिटिश शासनकालमा उपहार स्वरूप दिइएका गाडीहरू काठमाडौँ ल्याउन भरिया प्रयोग गरिन्थ्यो। यसै क्रममा धनबहादुर गोलेले गाडी बोक्नुभएको तथ्य रोचक लाग्यो।

मनोरञ्जन र नासपाती बगैँचा
चित्लाङ भ्रमणको क्रममा नासपाती बगैँचामा पुग्दा त्यहाँको सुन्दरता र पर्यटकको चहलपहलले सबैलाई मोहित बनायो। बगैँचामा उत्पादन हुने वाइन स्थानीय रूपमा चर्चित रहेछ। त्यहाँ फलेका नासपातीहरूको उत्पादनबाट वाइन तयार गरिन्थ्यो, जुन स्थानीय बजारमै बिक्री हुन्थ्यो।

त्यसपछि हामी इन्द्रसरोवर ताल (कुलेखानी) पुग्यौँ। तालमा डुङ्गा सवारी गर्ने अवसर पायौँ। डुङ्गा चालक ईश्वर महतले ताल निर्माण र स्थानीय जीवनबारे रोचक जानकारी दिनुभयो। जापान र कोरियाको सहयोगमा निर्माण भएको यो तालले स्थानीय अर्थतन्त्रमा योगदान पु‍याएको छ। तालबाट माछा पालन व्यवसायसमेत सञ्चालन हुने जानकारी प्राप्त भयो।

यात्राको शिक्षाप्रद अनुभव
डुङ्गा सवारीपछि हामी फर्पिङको बाटो हुँदै काठमाडौँ फर्कियौँ। बस चालक दीपक श्रेष्ठले सुरक्षित यात्राको अनुभव दिलाउनुभयो। शैक्षिक भ्रमणले केवल किताबी ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न मात्र होइन, नयाँ अनुभव र रोमाञ्चक क्षणहरू प्रदान गर्‍यो। धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वका धरोहरहरूको प्रत्यक्ष अवलोकनले जीवनलाई फराकिलो दृष्टिकोणले हेर्न प्रेरित गर्‍यो।

त्यसैले, म त चित्लाङ पुगें, हजुर पनि जाने होइन त ?

प्रतिक्रिया दिनुहोस