१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा जाहेरवालाका तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाट यस बार एशोसिएसनका सदस्य वरिष्ठ अधिवक्ता डा त्रिपाठीमाथि व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“कानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो । कानुन व्यवसायीमाथि हुने हातपात कुटपिट तथा कुनै पनि प्रकारको भौतिक तथा मानसिक आक्रमण कानुन व्यवसायीउपर मात्र नभई स्वतन्त्र न्यायपालिका र समग्रमा संविधान माथिकै सुनियोजित आक्रमण हो भन्ने बार एशोसिएसनको ठम्याइ रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बार एशोसिएसनले यस घटनाका प्रत्यक्षदर्शीहरू, खिचिएका भिडियोहरू र सम्बद्ध प्रमाणसमेतलाई अनुसन्धानका आधार बनाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि अविलम्ब कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्तो घटना नदोहोरियोस् भनी त्यसतर्फ आवश्यक प्रबन्ध गर्न गराउन गृह मन्त्रालयलगायत सम्बद्ध निकायसमक्ष माग गरेको छ ।

बारले यस्ता घटनाले स्वतन्त्र न्यायपालिकाको न्याय सम्पादन कार्यलाई अवरुद्ध गर्ने हुँदा यस्ता कार्य अदालतको अपहेलनाजन्य कार्यसमेत भएकाले यसप्रति सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस