१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी-मल्लाज सडक स्तरोन्नति

अ+ अ-

म्याग्दी । पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँच वटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-मल्लाज सडक स्तरोन्नति भएको छ । 

उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो । घुम्ती तथा ग्रेड सुधार र ढलान गरेर सडक स्तरोन्नति गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

पर्वत-बेनी खानेपानी योजनाको ट्याङ्कीमाथि र माइनडाँडा क्षेत्रमा तीन सय मिटर सडक ढलान भएको उनले बताए । उक्त योजनाका लागि जलजला गाउँपालिका, वडा नं २, ३ र ४ ले चालु आर्थिक वर्ष २०८१/८२ मा रू ५० लाख विनियोजन गरेका थिए । 

सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट, म्याग्दीको नागी र राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको छ । फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको जलजला–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताए । 

यसअघि आव २०७९/८० मा रू एक करोड १५ लाखको लागतमा सोही सडकको विभिन्न ठाउँमा चार सय सात मिटर दूरीमा सडक फराकिलो, उकालोमा आरसिसी ढलान, नाली, ग्याबियन जाली र मेसिनरी पर्खाल निर्माण गरिएको थियो । 

मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागिसदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । विसं २०७३ मा मार्ग खुलेको तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएको छ । बाँकी ठाउँमा आगामी वर्ष स्तरोन्नति गरिने जनप्रतिनिधिले बताएका छन् । 

संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत मल्लाजको भुरतुलाबाट लेकफाँटतर्फ कालोपत्रसहित स्तरोन्नति योजना निर्माणाधीन छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत गत असारमा जलजला वडा नं ४ को दोवदोवेबाट वडा न ३ र २ को मल्लाज हुँदै वडा नं १ बाँसखर्कको सिमानासम्म तीन किलोमिटर एक सय मिटर कालोपत्र र दुई सय ५० मिटर सडक ढलान भएको थियो ।

प्रतिक्रिया दिनुहोस