२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई निर्देशन

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्। मन्त्री राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो निर्देशन दिएकी हुन्।

‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अंगका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस्, ’उनले भनिन्।

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरूलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सोचेर काम गर्न मिसन प्रमुखहरूलाई उनको सुझाव छ।

मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरूले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनले बताइन्।

मन्त्री राणाले भनिन्, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरूलाई विश्व बजारसम्म पुर्‍याउन आवश्यक देखिएको छ।’

मन्त्री राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्द्धन गर्ने कामका लागि आफू रहेका स्थानहरूमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी थिइन्। नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्न सक्ने समस्याहरूलाई ध्यानमा राखेर जलवायु न्यायको विषयलाई विश्वव्यापी रूपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री राणाले सबैलाई आग्रह गरिन्।

उनले भनिन्, ‘आफू र आफ्नो क्षेत्राधिकार रहेका मुलुकको सरकार, विभिन्न निकाय र निजी क्षेत्रसँग यथाशक्य सम्पर्क र सम्बन्ध बढाई उनीहरूका नीतिहरूलाई राष्ट्रको स्वार्थ अनुकूल बनाउन लाग्नुहोस्। हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भर पर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्नुहोस्।

मन्त्री राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको संगठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताउँदै यसबाट परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन्। विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उनीहरूको हितको रक्षा गर्दै खाँचो र आवश्यकतामा ध्यान दिन तथा उनीहरूका समस्या र गुनासाहरूमा सहजै उपलब्ध भइदिन पनि सबै मिसन प्रमुखहरूलाई निर्देशन दिइन्।

परराष्ट्र सचिव अमृतबहादुर राईले आफू रहेका देशका नीति एवं कार्यक्रमहरूलाई नेपालको स्वार्थ अनुकूल बनाउन तथा विदेशमा रहेका नेपालीहरूको हक हितको रक्षा गरी वैदेशिक रोजगारीमा रहेको ठूलो नेपाली समुदायको हितको प्रवर्धनमा लाग्न निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस