२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघले भन्यो-वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको हातपात न्यायालयमाथिको आक्रमण

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरिएको हातपातलाई न्यायालय माथिको आक्रमण भएको ठहर गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथि बुधबार काठमाडौँ जिल्ला अदालतको परिसरमा हातपात गरेका थिए ।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो कानुन व्यवसायी रोज्ने अधिकार मौलिक हकका रूपमा स्थापित गरेको भन्दै नेविसंघले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

आक्रमण संविधान, लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमाथिको गम्भीर प्रहार भएको नेविसंघद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘न्यायिक प्रक्रियालाई अवरोध गर्ने, डर, त्रास र भ्रम सिर्जना गर्ने तथा पीडितले पाउनुपर्ने न्याय प्राप्तिमा बाधा पुर्‍याउने परिस्थिति निर्माण गरेको स्पष्ट देखिन्छ, तसर्थ वरिष्ठ अधिवक्तामाथिको आक्रमण न्यायालयमाथिको आक्रमण हो,’ संघको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका प्रति नेपालको संविधान दृढ छ र हामी पनि यसको सुरक्षाको प्रत्याभूति हुनुपर्ने विषयमा प्रष्ट छौँ ।’

यसअघि बुधबार नेपाली काँग्रेसले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस