२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

अ+ अ-

बेनी । म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ ।

बेनीमा म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सह आयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो । 

विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका-३ मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका-८ को काफल डाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेता समूहलाई नगद रु. ३५ हजार एक सय र उपविजेतालाई नगद रु. २० हजार एक सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा सहभागी बिम पुर्ख्यौली समूह, ओखोरबोट पुर्ख्यौली समूह, निस्कोट पुर्ख्यौली समूह, पाखापानी पुर्ख्यौली समूह, चिमखोला पुर्ख्यौली समूह र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको पुर्ख्यौली समूहलाई रु. आठ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, प्रमुख जिल्ला अधिकारी गुरुदक्त ढलका, संघका प्रथम उपाध्यक्ष एवं कला संस्कृति प्रतियोगिता उपसमितिका संयोजक लिलाराम गौतम, मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुनलगायतले विजेता र उपविजेता समूहलाई पुरस्कार प्रदान गरेका थिए ।

महोत्सवमा आयोजित पुर्ख्यौलीलगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सव स्थल संगीतमय बनेको छ । महोत्सवमा समावेश लोकदोहोरी प्रतियोगिता आकर्षण बनेको छ । लोक संस्कृतिको उर्वर भूमिका रूपमा परिचित म्याग्दीमा केही वर्ष अघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यस पटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ ।

महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन् । पुरानो संस्कृतिको रूपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ । प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्ध वृद्धाको ध्यान तानेको छ ।

परम्परागत मेला जात्राको मुख्य मनोरञ्जनको माध्यम बनेको प्रत्यक्ष दोहोरीलाई जोगाउन र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताए । “लोकदोहोरी गीत प्रतियोगिता महोत्सवकै मुख्य प्रतियोगिताको रूपमा रहेको छ”, आयोजकले कलाकारलाई खाली हात फर्कन नपर्ने गरी पुरस्कारको व्यवस्था गरेको कारण पनि टाढा टाढाबाट सहभागी हुन कलाकार आउनुभएको छ”, अध्यक्ष जिसीले भने । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. एक लाख एक हजार, एक सय, द्धितिय हुनेलाई नगद रु. ६१ हजार एकसय, तृतीय हुनेलाई नगद रु. ३० हजार एक सय र सान्त्वना हुनेलाई नगद रु. १५ हजार एक सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यसैगरि गायक÷गायिकालाई नगद रु. दुई हजार पाँच सय नगद पुरस्कारका साथै कलाकारलाई भक्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । चर्चित राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलाई समावेश गरिएको महोत्सवमा भजन, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस