२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई अंक बढ्यो सेयर बजार

अ+ अ-

काठमाडौँ । बुधबार नेपालको सेयर परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो ।

विकास बैंक, होटेल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सीमान्त रूपमा मात्रै सकारात्मक बनेको हो ।

बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै घट्नेमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पनीका सेयर औसतमा साढे ३ प्रतिशतले घटेका छन् ।

बुधबार दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भए ।

त्यस्तै, न्यादी जलविद्युत्को सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भयो । पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।

कारोबारका हिसाबले भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३२ करोडको कारोबार भयो भने सुपर मादी हाइड्रोको करिब ३१ करोडको कारोबार भएको छ।

बुधबार कुल २ सय ९९ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस