१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको प्रस्तावमा डा. मिनेन्द्र रिजालले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकप्रिय मत ल्याउनेले पाँच वर्ष निरन्तर सरकार चलाउन पाउनुपर्ने भनी गरेको बहसप्रति प्रश्न गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले प्रत्यक्ष कार्यकारी र लोकप्रिय मत पाउनेले पाँच वर्ष सरकार चलाउनुपर्छ भन्नेले अब व्यवस्थापिका नराख्ने भनेको हो भनी प्रश्न गरेका छन् ।

नेता रिजालले भने, ‘सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको छ ।’

काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने बारे मात्रै बहस हुने गरेको उनले टिप्पणी गरे ।

नेता रिजालले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे ।

यस्तो बहसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने उनको आशंका छ । उनले भने, ‘आजको कारोबारी राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी छ ।’

काँग्रेस र एमालेको सरकार बनेपछि आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्न सक्छु भन्ने विषयमा मात्रै केन्द्रित रहेको उनको आरोप छ । ‘उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुपर्‍यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला, मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ,’ उनले सोधे, ‘किन भन्नुभएको छ भने सत्ता चलेको चल्यै गर्नुपर्‍यो ।’

काँग्रेसका महामन्त्रीद्वयको सुरु गरेको बहसले व्यवस्थापिका संसदको उत्तरदायित्व अन्त्य गर्ने उनको तर्क छ । ‘मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ?’ उनले प्रश्न गरे ।

नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको काँग्रेस र एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोउन् भन्न खोजेको बताए । ‘अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्न सक्छु भन्ने आत्मविश्वास भए मात्रै लोकतन्त्र बलियो हुन्छ,’ नेता रिजालले भने ।

प्रतिक्रिया दिनुहोस