काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आइतबारबाट सुरु भएको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको भन्दै आत्मालोचनासहित उत्पीडित वर्गमा जाने उल्लेख छ ।