१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरूले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।  

बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उनीहरूको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु उपयुक्त हुने विज्ञहरूको सुझाव छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन र नेपाल-चाइना फ्रेन्डसिप फोरमले संयुक्तरुपमा यहाँ आयोजना गरेको ‘एडभान्सिङ नेपाल-चाइना कोअपरेसन आफ्टर द प्राइमिनिस्टर्स भिजिट टु चाइना’ विषयक अन्तक्र्रियामा पूर्वपरराष्ट्रमन्त्री एवं गिरिजाप्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले बिआरआई सम्झौता दुवै देशको हितमा रहेकाले समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । उनले बिआरआई सम्झौताले नेपालको आर्थिक विकास, पूर्वाधार, शिक्षा, सञ्चारलगायत क्षेत्रमा सहयोग पुग्ने बताइन्।

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बिआरआई सम्झौता राष्ट्रिय पार्टीहरुको साझा सहमतिका आधारमा गरिएको बताउँदै यी परियोजनाको समयमै कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे । उनले बिआरआईमार्फत मुलुकको विकास र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने धारणा राखे ।

नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेले बिआरआईलाई अनावश्यक प्रोपोगाण्डाको रूपमा ल्याइन नहुने धारणा राखे । नेपालले अरु देशहरूसँग जसरी सहयोग आदानप्रदान गरेको छ सोहीअनुरूप लिइदिन उनले अनुरोध गरे ।

कार्यक्रममा सिचुवान विश्वविद्यालयका भाइस डिन हुयान युन्संघले बिआरआई क्षेत्रीय हित र प्रवर्द्धनलाई ध्यान दिई ल्याइएको बताए । बिआरआई परियोजनामार्फत गैरनाफामूलक लगानी गर्ने भनिएको छ । यो कार्यान्वयनपछि नेपालको जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने विज्ञहरूको अपेक्षा छ ।

नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । नेपालको पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा चीनबाट नेपालले फाइदा लिनसक्ने भएकाले यसलाई उपयोग गरिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बर २ देखि ५ तारिखसम्म चीनको औपचारिक भ्रमणका दौरानमा ‘बिआरआई फ्रेमवर्क सम्झौता’ भएको थियो । चीनले आफ्नो विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शक सिद्धान्तका रूपमा बिआरआईलाई अघि बढाइरहेको छ । नेपालले सन् २०१४ मा परियोजनामा सैद्धान्तिक सहमति जनाएको थियो । सन् २०१७ मे २१ मा बिआरआईसम्बन्धी समझदारी पत्र (एमओयु) मा नेपालले हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस