२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेरा दरबार जग्गा प्रकरणमा जोडिएका श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा नरहेको माओवादीको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी नरहेको र पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहेको जनाएको छ ।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित उक्त प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

यस प्रकरणमा अध्यक्ष ‘प्रचण्ड’लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको र प्रमाण तथा तथ्यका आधारमा हुने कानूनी कारबाहीमा आफूहरूको असहमति नरहने उनले बताए ।

उनले भने, ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरवार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भइरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन । जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन् । प्रमाण र सत्यतथ्यका आधारमा हुने कानूनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस