२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवघाटमा अल्पसंख्यक तथा विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा

अ+ अ-

तनहुँ । देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको छ । गाउँपालिकाले अल्पसंख्यक तथा विपन्न समुदायलाई स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।

पाँचवटै वडामा बसोबास गर्ने सीमान्तकृत बोटे र चेपाङसहित दलित र ब्रामु समुदायका बासिन्दाको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए । गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमाका लागि चालु आर्थिक वर्षमा रु. ११ लाख बजेट विनियोजन गरेको छ ।

पहिलो चरणमा केही परिवारको स्वास्थ्य बिमा गरिएपछि अध्यक्ष थापाले सम्बन्धित परिवारलाई स्वास्थ्य बिमा परिचयपत्र हस्तान्तरण गरेका छन् । उनले भने, “यो कार्यक्रमबाट करिब तीन सय १५ परिवार लाभान्वित हुनेछन् । स्वास्थ्य बिमाका लागि आवश्यक रकम गाउँपालिकाले तिरिदिनेछ ।”

अध्यक्ष थापाका अनुसार ती समुदायका नागरिकका साथै आर्थिक अवस्था कमजोर भएका अन्य स्थानीयको पनि निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पालिकाले लिएको छ । आर्थिक अभावमा पछाडि पारिएका समुदाय न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर चालु आवदेखि स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गरिएका उनले बताए ।

अध्यक्ष थापाले सीमान्तकृत र लोपोन्मुख समुदायका नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारीलगायत अन्य विभिन्न क्षेत्रमा पनि सहयोग गर्ने पालिकाको नीति रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस