२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

अ+ अ-

धरान (सुनसरी) । जिल्लास्थित बराहक्षेत्र नगरपालिका-१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।

गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरे । उनले भने, “आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन ।”

गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । 

“क्षति पुगेका केही शौचालय र मन्दिरलाई मर्मतसम्भार गरिए पनि दिगो तटबन्ध हुन नसक्दा बस्ती उच्च जोखिममा छ । धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्नेमा स्थानीय सरकारले पहल गरिरहेको छ”, उनले भने । 

बाढी आएर कटान गरेकाले बराहक्षेत्र मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा परेका नगरप्रमुख कार्कीले जानकारी दिए । कोशीमा आउने पानीको बहावले भेट्ने ठाउँ बढी भएकाले कम बजेटले तटबन्ध लगाउन नसकिने भन्दै उनले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि अनुरोध गरिएको बताए ।

तीन पुस्तादेखि बसोबास गर्दै आइएको बराहक्षेत्र मन्दिर परिसरको बस्ती स्थानान्तरण गरी विकास गर्ने विषयमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बराहक्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षकुमार श्रेष्ठले बताए । उनले भने, “अहिले विकास भन्दा पनि कसरी संरक्षण गर्ने भन्ने महत्त्वपूर्ण विषय हो । सबै राजनीतिक दल, स्थानीय प्रतिनिधि, सरोकार भएका निकायले सहकार्य र समन्वय गरी यो पुण्यभूमि बचाउनतिर लाग्नुपर्छ ।” 

नदी किनारमा रहेको मन्दिर परिसरमा चेकड्याम (तटबन्ध) निर्माण गरी सुरक्षा गर्न मन्दिर गुठी व्यवस्थापन समितिले रु छ लाख खर्च गरेर गुरुयोजना बनाएको छ । गुरूयोजनामा तटबन्ध निर्माणदेखि पार्क, गौशाला र स्नान घाटलगायत योजना समावेश गरिएको समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस