२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीयता कार्यान्वयनका लागि केही बाध्यकारी निर्णय गर्न ढिलाइ भइरहेको बताएका छन् ।

‘संघीयता, राष्ट्रियसभा र अगामी कार्यभार’ विषयक अन्तरक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संघीयतालाई समयअनुसार परिमार्जन र विकास गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘हामीले नेपालमा संघीयता आवश्यक छ भनेर संघर्ष गरेर यो संघीय व्यवस्था ल्याएका छौँ । हामीले संविधानमा पनि संस्थागत गरेका छौँ । संघीयताको बारेमा हिजो पनि मतभिन्नता थियो । संघीयता चाहिँदैन भन्ने पनि एउटा दृष्टिकोण थियो । आज कार्यान्वयनमा जति जटिलता देखिएको छ र जति उपलब्धि प्राप्त गर्नुपर्ने, त्यो लाभ पूरा गर्न नसकेको सन्दर्भमा अहिले संघीयता खारेज गर्नुपर्छ भन्ने दृष्टिकोणका साथ प्रस्तुत भएको छ ।’

उनले अहिलेसम्मको कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै कार्यान्वयनमा अगाडि बढ्नुपर्ने बताए ।

संघीयता आवश्यक छैन भन्नेहरू संविधानमा उल्लेख भएकाले स्वीकार्न बाध्य भएको भन्नेहरू पनि अहिले नेतृत्वमा रहेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले थप भने, ‘भ्रष्टाचार तलसम्म पनि संस्थागत भएको छ । त्यो संघीयता नभएर मात्रै रोकिने कुरा होइन, तर तलसम्मको सत्तामा भ्रष्टाचार बढेको गएको कुरा सही हो, त्यसलाई चाहिँ हामीले रोक्नुपर्छ । त्यसले प्रभाव पारेको छ ।’

प्रतिक्रिया दिनुहोस