काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५७.६७ रुपैयाँ रहेको छ । प्याज ७१ रुपैयाँ, मटरकोशा १७५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ र ठुलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।




