२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौमती बजाउन सिक्दै रोङ गाउँपालिकाका महिला

अ+ अ-

इलाम । यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । 

यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । “महिलाको क्षमता विकास गर्न, उनीहरूलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ”, अध्यक्ष स्याङ्बोले भने, “बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।”

सुरुका दिनमा बाजा बजाउँदै हिँड्दा कुरा काट्नेले हाल प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बताइन् । “ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाहीँ व्यङ्ग्य पनि गरे । तर, सीप सिक्न छाडेका छैनौँ”, उनले भनिन् । 

विभेदले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की सहभागी महिला भीमा भट्टराईको भनाइ छ । विगतमा नौमती छुइन्छ की भन्दै तर्किने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रूपमा स्वीकार्न थालेको स्थानीय रामबहादुर दर्जीले बताए । उनले भनिन्, “यसरी सबैको सोच परिवर्तन भएमा विभेदरहित समाज सम्भव छ ।” 

महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा जारी तालिम यही पुस १३ गतेसम्म चल्नेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न तालिम सञ्चालन गरिएको शाखा प्रमुख राधिका तामाङले बताइन् । उनका अनुसार, तालिमको सहजीकरण झापाको बिर्तामोडस्थित माता पाथीभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईँले गरिरहेका छन् । नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाई र कर्नाल रहने प्रशिक्षक आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस