२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत, अमेरिका र युरोपको रवैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ : ‘विप्लव’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तर्राष्ट्रिय संवेदनशीलताको विषयमा सामान्यरूपले सोचेर नपुग्ने बताएको छ ।

केन्द्रीय कार्यालय कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको महासचिव नेत्र विक्रम चन्द (विप्लव) को राजनीतिक प्रतिवेदनमा यसको व्याख्या छ ।

‘अन्तर्राष्ट्रिय कामको महत्त्व र संवेदनशीलता कति छ भन्ने विषय स्पष्ट नै छ र हुनुपर्छ । यो विषयमा सामान्यरूपले सोचेर मात्र पुग्दैन भने अप्ठ्यारो पनि बन्न दिनु हुँदैन,’ महासचिवको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

१७ पृष्ठको राजनीतिक प्रतिवेदनमा असन्तर्राष्ट्रिय सम्बन्धबारे छुट्टै शीर्षक छ । जहाँ हालसम्म पार्टीले लिँदै आएको नीतिलाई नै अगाडि बढाउने भनिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेकपाले हालसम्म जस्तो नीति लिएको छ, त्यसलाई पकड्दै समाजवादी धारासँग निकट सहकार्य, मालेमावादीसँग भाइचार सहकार्य र ब्रिक्स धारसँग मित्रवत् सम्बन्ध बनाएर अगाडि बढ्नु पर्दछ ।’

यो नीति अवलम्बन गर्ने र भारत, अमेरिका र युरोपियन युनियनसँग उनीहरूको भूमिका अनुसारको प्रतिक्रिया दिँदै जाने र कूटनीतिक भेटघाट पनि गरिराख्नुपर्ने नीति लिने भनिएको छ ।

महासचिव विप्लव भारतप्रति अझ कठोर रूपमा प्रस्तुत भएका छन् ।

उनी लेख्छन्, ‘यसो गर्दा भारतले नेपालप्रति लिने अतिक्रमणकारी, हस्तक्षेपकारी, साम्राज्यवादी रवैयाका बारेमा भने कार्य अनुसारको प्रतिक्रिया दिँदै बढ्नु पर्दछ ।’

राष्ट्रिय हित र जनसरोकारका विषयमा आवश्यकता अनुसार अमेरिका र युरोपियन युनियनसँग कूटनीतिक भेटघाट गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालको सामु देखिएको खराब सम्भावना सहायक भए पनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसमा अमेरिकी नीतिसँग जोडिएको छ । ‘किन यो चुनौतीपूर्ण छ भने नेपाललाई आफ्नो स्वार्थ र हित अनुकूल प्रयोग गर्न साम्राज्यवादी शक्ति विशेषतः अमेरिका जोडतोडले लागेको छ,’ प्रतिवेदनमा छ ।

अमेरिकी स्वार्थमा नेपालको दलाल पूँजीपतिवर्ग जोडिएको उल्लेख गर्दै अगाडि लेखिएको छ, ‘यी हाबी भए भने चार मित्र शक्तिहरू बीचमा एकता र मोर्चा बन्ने छैन, बने पनि टिक्न सक्ने छैन । कम्युनिस्ट आन्दोलन विभाजनबाट बाहिर आउन सक्ने छैन । जनतामा विभिन्न अन्यौलता र भ्रम छाउने छ ।’

नेपालमा अमेरिकाको प्रभावबारे विप्लवले थप व्याख्या गरेका छन् ।

‘अमेरिकी साम्राज्यवादले नेपालमा सैन्य अखडा खडा गर्नेछ । प्रतिगामी एवं यथास्थितिवादीहरूले नयाँ षडयन्त्र गर्ने छन्,’ अगाडि लेखिएको छ, ‘धर्म राजनीतिले जनतालाई भ्रमित पार्नेछ । नेपाललाई समाजवादतिर जानबाट रोक्ने छन् । यस्तो भयो भने नेपालले अरू धेरै वर्ष कठोर संघर्षको मार्ग पार गर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस