२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएल क्वालिफायर : कर्णाली र जनकपुर भिड्दै

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । 

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:३० बजे सुरु हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ ।

लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो ।

कर्णालीका विलियम बोसिस्टो, चाडविक वाल्टनले राम्रो ब्याटिङ गरेका छन् । यस्तै जिसन मक्सुदले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । भर्खरै अनुबन्ध भएर प्लेअफमा खेलेका जयकसिन कोल्सावालाले पहिलो खेलमै अर्धशतक बनाएर आफ्नो उपस्थिति प्रमाणित गरिसकेका छन् ।

बलिङमा युवा स्पीनर विपिन प्रसाद शर्मासहित कप्तान सोमपाल कामी र नन्दन यादव छन् । कर्णालीमा धेरै अलराउण्डर हुँदा बलिङमा विकल्प छ । तर, ब्याटिङमा अपेक्षाअनुसार नेपाली खेलाडीले अझै प्रदर्शन देखाउन सकेका छैन । देव खनालले एक अर्धशतक बनाउनु बाहेक ब्याट चलेको छैन । गुलसन झा ले पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

उता, नियमित कप्तान अनिल साह हातको चोटका कारण खेल्न नसक्नेपछि सुदूरपश्चिम विरुद्धको क्वालिफायर वान गुमाएका थिए । उनले कर्णाली विरुद्ध पनि खेल्ने छैनन् । अनिलको अनुपस्थितिमा आकाश त्रिपाठीले पहिलो रोजाइमा खेलेका थिए । ब्याटिङमा जिम्मी नीशमम धेरै भर पर्दा जनकपुरका अन्य खेलाडीले राम्रो साथ दिन सकेका छैनन् ।

सुरुवाती खेलमा जनकपुरको टप अर्डरले उत्कृष्ट प्रदर्शन गरे पनि मिडल अर्डर चल्न सकेको छैन । त्यसैले फाइनल पुग्ने हो भने जनकपुरको टप अर्डरले राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता छ ।

लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको थियो । जहाँ अनिल साहले अविजित ६२ रन बनाएका थिए । कर्णाली सामु त्यो हारको बदला लिने अवसर छ भने जनकपुर भने क्वालिफायर वानको हार पिडा बिर्साउँदै कर्णालीविरुद्धको लय कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस