२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

अ+ अ-

झापा । मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले नगरपालिकाले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरेको छ ।

कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर-१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे । उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँग सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रममार्फत अभियान सञ्चालन गरिरहेको बताए।

मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ । प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए।

शारीरिक अशक्त भएका व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडातहमा शिविरको आयोजना गरिएको भन्दै यसबाट लक्षित वर्ग लाभान्वित हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विश्वास व्यक्त गरे । 

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र बृहत्तर हितका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोसी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच रु एक करोड ४२ लाख सहयोगको त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए। 

उक्त कार्यक्रमबाट मेचीनगरमा नवजात शिशुको जाँचमा वृद्धि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरूको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्धि, परिवारको सशक्तीकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्धि, क्षमता अभिवृद्धिमा सहयोग र प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग पुग्ने नगरका उपप्रमुख मीना उप्रेतीले बताए ।   

मेचीनगर क्षेत्रमा तीन हजार २७ जना अपाङ्गता भएका व्यक्ति रहेकामा हाल एक हजार सात सय ४४ जनाको मात्रै विवरण दर्ता गराएका छन् । प्रत्येक वडामा एकरएक दिन सञ्चालन गरिने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्वीलचियर, कृत्रिम हातखुट्टाको नापजाँच, विद्यालय भर्नालगायत सेवा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षणका लागि आँखा, कान, मनोविद्लगायत विशेषज्ञ चिकित्सक परिचालन गरिएको नगर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस