२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा पूजापाठ गर्न आइपुगे २२७ चिनियाँ भिक्षु

अ+ अ-

काठमाडौँ। लुम्बिनीमा शनिबार हुने पूजापाठमा भाग लिन २२७ चिनियाँ भिक्षु नेपाल आइपुगेका छन् । एयर चाइनाको चार्टर्ड फ्लाइटबाट उनीहरू शुक्रबार अपराह्न गौतम बुद्ध विमानस्थले भैरहवामा ओर्लेका हुन् ।

चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ स्याओहुईले नेतृत्व गरेको टिम भैरहवा आइपुगेको हो । चिनियाँ राजदूत चेन सोङले उनीहरूको तस्बिर ट्वीटरमा राख्दै स्वागत गरेका छन् ।

‘अहिलेसम्मकै सबैभन्दा बढी यात्रु बोकेको उडानमा आएका चिनियाँ भिक्षुलाई स्वागत,’ राजदूत चेनले भनेका छन्, ‘नेपाल र चीनलाई बौद्धधर्मले सांस्कृतिक आदानप्रदानमार्फत जोड्ने छ ।’ राजदूतले २२७ जना भनी उल्लेख नगरी पनि २२० भन्दा बढी भिक्षु भन्ने शब्द प्रयोग गरेका छन् ।

शुक्रबारै राजधानीमा नवौँ नानहाई बुद्धिज्म राउन्डटेबल आयोजना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए ।

नानहाई बुद्धिज्म राउन्डटेबलमा भाग लिन चीन, थाइल्यान्ड, लाओस्, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बांङ्लादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चोङ नेतृत्वको भ्रमण मण्डल पनि सहभागी छ । चिनियाँ उपमन्त्री वाङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरो निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस