२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख मगरले भनिन्-महिला हिंसा अन्त्य गर्न विद्यालय स्तरबाट नै शिक्षा दिनुपर्छ

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले महिला हिंसा अन्त्य गर्न विद्यालय स्तरबाट नै शिक्षा दिनुपर्ने बताएकी छन् ।

महिला हिंसाविरुद्धको ३३औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उनले लैंगीकक हिंसा कम गर्न कानून कडा बनाएरमात्र नहुने भन्दै विद्यालय स्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

उनले भनिन्, ‘मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक-अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ ।’

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसा पीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताइन् ।

उनले आयोगबाट हिंसापीडित महिलाको उद्धार, उपचार, राहत, आश्रयस्थल प्रदान, मनोसामाजिक तथा कानूनी परामर्श, पुनः स्थापना, सीपमूलक तालिम रोजगारी व्यवस्थापनलगायतका सेवा प्रदान भइरहेको जानकारी दिइन् ।

सचिव अर्यालले आव २०७५ देखि २०८० सम्म आयोगमा प्राप्त कुल उजुरीमा घरेलु तथा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा ३० प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसा चार प्रतिशत देखिएको बताइन् ।

कार्यक्रममा महिला आयोगले हिंसा पीडितलाई कसरी सेवा दिन्छ भन्ने विषयमा नाटक प्रस्तुत गरिएको थियो । हेल्पलाइन अपरेटरका साथै आयोगको सहकार्यमा लैङ्गिक हिंसा न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न ११ वटा सरकारी तथा गैरसरकारी निकाय तथा संस्थालाई सम्मान गरिएको थियो । यसैगरी आयोगको सहायता कक्षमा सेवामा खटिएका कर्मचारीहरूलाई समेत सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ बाट गत एक वर्षभित्र एक हजार २२२ वटा उजुरी आएका, २ हजार ८७७ वटा फलोअप टेलिफोन गरी चार हजार ९०० टेलिफोन कल प्राप्त भएको र समग्रमा चार हजार १०० हिंसा पीडितले प्रत्यक्ष लाभ लिएको महिला आयोगले जनाएको छ ।

आयोगले विगत पाँच आर्थिक वर्षमा दिइएका सेवाको ‘केस स्टडी’ को संक्षिप्त विवरणसमेत प्रस्तुत गरिएको थियो । गत वर्षमात्र ३७९ हिंसा पीडितका उजुरीमा मेलमिलाप गराउँदा दुई हजार २०० पटक छलफल गराउनुपरेको आयोगले जनाएको छ ।

विसं २०७४ मङ्सिर २४ गते हेल्पलाइन सेवा ‘११४५’ को स्थापना भएको थियो । यस सेवामा पीडित आफैँ वा निजको तर्फबाट उजुरी दिने व्यक्तिले आयोगमा उपस्थित भई वा हुलाक, टेलिफोन, फ्याक्स, इमेल वा अन्य जुनसुकै माध्यमबाट २४ सै घण्टा पीडितको पहुँच प्राप्त हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस