२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

अ+ अ-

काठमाडौँ। कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीले पाँचौँ खेलमा अंक खाता खोलेको छ ।

रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।

दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर सार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।

रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरूले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए । दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन राउललाई आउट गरे । त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औँ ओभरमा रवि बोपारा र १४औँ ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

लुम्बिनीका रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिए । साद विन जफर र अभिशेष गौतमले १(१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

दुई ओभरभित्रै २ विकेट गुमाएको र ३८-३ को अवस्थामा रहेको लुम्बिनीका लागि रोहित र साद विन जफरले शतकिय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रोहितले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए ।

रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो ।

यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए । यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए ।

रोहित र विन जफरले पाँचौँ विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौँ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौँ शतकिय साझेदारी हो ।

लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मुर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस