१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-इजरायलले प्यालेस्टिनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँ 

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलले प्यालेस्टिनी नागरिकमाथि नरसंहार गरेको भन्दै विरोध जनाएका छन् । 

सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै अध्यक्ष दाहालले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीविरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको बताए ।

‘अमानवीय ढंगले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नुपरेको छ मानव जातिले । त्यसका विरुद्ध विश्वव्यापी आवाज उठाउन हामी सबैको कर्तव्य हुन आउँछ । अहिले नेपालका राजनीतिक दल, नागरिक समाज, विद्वत् व्यक्तित्व सबैले पहल गरेर आवाज उठ्न सुरु गरेको छ,’ दाहालले भने ।

दाहालले अहिले पछिल्लो चरणमा प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको विरोध गरे । संयुक्त राष्ट्र संघमा इजरायलविरुद्ध पटक(पटक प्रस्तावहरू पारित भए पनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको अध्यक्ष दाहालको भनाइ छ ।

‘इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ । अहिले पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रूपमा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघमा पनि यसका बारेमा पटक-पटक प्रस्तावहरू पारित हुने गरेका छन् तर ती सबैलाई पनि अटेरी गर्दै जसरी नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ, ‘अध्यक्ष दाहालले भने ।

अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेपछि इजरायलले निरन्तर प्यालेस्टाइनमाथि आक्रमण गर्दै आएको छ । युद्धका क्रममा प्यालेस्टाइनतर्फ ठूलो मानवीय क्षति भएको छ । इजरायली आक्रमणमा करिब ४५ हजार प्यालेस्टिनी नागरिक मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस